काठमाडौँ -रुपन्देही र रौतहटमा दुई जना मृत अवस्थामा फेला परेका हुन् । बिहीबार रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु मृत फेला परेका छन् । थारु सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता रौतहटको राजपुर नगरपालिका–५ मदनीचोक बस्ने ३२ वर्षीया नाजबुन नेसा पनि मृत फेला परेका छन् ।…