दयाहाङ र मिरुनाकाे फिल्म ‘जारी’ वैशाखमा प्रदर्शन हुने

अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म 'जारी' को प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ। सार्वजनिक पोस्टरमा दयाहाङ र मिरुनालाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनीहरू दुवै गम्भीर मुद्रामा देखिएका छन्। https://www.youtube.com/watch?v=z_XCiRgnqPc फिल्म लिम्बु समुदायको प्रेमकथामा आधारित…