काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनअघि नै १५औं महाधिवेशन गर्नुपर्न धारणा राखेका छन् । आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग शुक्रबार विशालनगरमा रहेको सम्पर्क कार्यालयमा कुराकानी गर्दै उनले आफ्नो विचार राखेका हुन् । नेता कोइराला अहिलेसम्म महाधिवेशनबारे प्रायः मौन रहँदै आएका थिए । विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे औपचारिक…