काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को आगामी निर्वाचनमा फुरगेल्जे शेर्पाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उनले आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गर्दै संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्ने र पर्वतारोहण क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त…