काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पौडेललाई प्रतिवेदन बुझाएका हुन् । राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी…