काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र जिल्ला हो । प्रधानमन्त्री केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा ‘हुम्ला अब टाढा छैन’ भन्ने जानकारीसहितको एक पोष्ट सार्वजनिक गर्दै हुम्लामा सडक सञ्जाल पुर्याउने आफ्नो दशकौँ पुरानो सपना पूरा हुँदै गरेको लेखेका…