काठमाडौं– फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटर्फमको मातृ कम्पनी ‘मेटा’का सीइओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । अनलाइन सपिङ एप अमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै उनी संसारकै दोस्रो धनी व्यक्ति बनेका हुन् । जुकरबर्गको कुल सम्पत्ती २०६.२ अर्ब अमेरिकी डलर पुगेको ब्लूमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ ।…