काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बिहीबारको सुनको मूल्यमा प्रतितोला ३ हजार रुपैयाँले बढ्दै सुनले नयाँ रेकर्ड बनाउन सफल भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।…