निर्माण व्यवसायीलाई चेक बाउन्स भएको आधारमा मात्र कालोसूचीमा समावेश नगरिने

काठमाडौं- निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गरिएको छ । साथै, निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगरिने व्यवस्थासमेत गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत…