एनपिएलको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कलाई दिनेगरि पहल सुरु

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कलाई दिनेगरि पहल सुरु भएको छ । एनपिएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ। ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी…