काठमाडौं– राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स उपाधि होडबाट बाहिरिएको छ । आज भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै लुम्बिनी बाहिरिएको हो । जारी एनपीएलमा प्लेअफको यात्राबाट बाहिरिने लुम्बिनी पहिलो टिम हो । लिग चरणमा लुम्बिनीले हालसम्म ६ खेल खेल्दा ५ मा हार र एकमा जित निकालेको छ । ६…