यूएई – युएईमा जारी टी–२० शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपाल ४ विकेटको रोमाञ्चक जित हात पार्यो । झण्डै १८ सय जना नेपाली दर्शकले खचाखच भरिएको खेल मैदानको छेउमा नेपाली बाजागाजा घन्किएका थिए । लय छोडिसकेको खेललाई नेपाली ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी र पवन शर्राफले जितसम्म पुर्याए । नेपाली झण्डा फहराउँदै खेलाडीलाई हौसला प्रदान गरिरहेका नेपाली दर्शक निराश भएनन्…