‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु’ सार्वजनिक, खगेन्द्र–वर्षा रोमान्टिक अवतारमा

एकता पौडेलको डेब्यु निर्देशनमा बनेको चलचित्रमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन्। खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक भूमिकामा देखिएका हुन्। गीतमा एलिस कार्कीको कम्पोज, सनिश श्रेष्ठ र अप्सरा घिमिरेको आवाज तथा नीरकमल खड्का…