काठमाडौं चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंको गोंगबु गणेशस्थानमा ४ करोड मूल्यको घर खरिद गरेकी छन्। हालसालै खरिद गरिएको यो नयाँ घरले गायिका शान्तिश्रीको सफलताको अर्को पाटोलाई उजागर गरेको छ। शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। उनका श्रीमान् एक एनजिओमा काम गर्छन्। यो जोडीकी चार वर्षकी एक छोरी पनि छिन्। कुनै समय गिट्टी…