मध्यरातमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति, ओलीलाई प्रधानमन्त्री दिने

काठमाडौं– सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति १२ः१५ मा दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए। सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने गरि सहमति भएको छ…