काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको सामना गर्दा आफू सरकारबाट बाहिर पुगेको भएपनि अहिले निर्वाचनको माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आएको बताएका छन् । आज (आइतबार) काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली…