काठमाडौं - २९ दिनसम्म चलेको शिक्षक आन्दोलनले निर्णायक मोड लिएको छ । देशभरबाट काठमाडौं आएर आन्दोलन गरिरहेका शिक्षकहरूले वार्ता र आन्दोलन सँगसँगैको रणनीति लिएका छन् । शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी शिक्षक महासंघको नेतृत्वमा २० चैतमा सुरु भएको आन्दोलन बुधबारसम्म जारी छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले वार्ता र आन्दोलन सँगसँगै रहने बताएका…