देशभर मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना; सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर अधिकांश स्थानमा बादल लागेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली…