बहराइनमा ४०० केभी भूमिगत विद्युत् परियोजनाको अवलोकन गर्दै कुलमान घिसिङ

बहराइन — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बहराइनमा निर्माणाधीन ४०० केभी ब्याकबोन इलेक्ट्रिकल भूमिगत केबलिङ परियोजनाको स्थलगत अवलोकन गरेका छन्। विदेशी भूमिमा सञ्चालित उक्त महत्वाकांक्षी विद्युत् प्रसारण परियोजनामा नेपाली इञ्जिनियरहरूको उल्लेखनीय सहभागिता रहेको छ। परियोजनाको अवलोकनकै क्रममा घिसिङले त्यहाँ कार्यरत नेपाली इञ्जिनियरहरूसँग भेटघाट गर्दै योजनाको प्राविधिक पक्ष, निर्माण प्रगति र कार्यान्वयन प्रक्रियाबारे…