भाजपा नेता विजय चौथाइवालेको म्याराथन भेटवार्ता किन ?

काठमाडौं - तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएका भाजपा विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले प्रधानमन्त्रीसहितका नेताहरूसँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं ओर्लिएदेखि उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए । यसबीचमा उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेतासँग भेट गरेका…