राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जी जारी

वीरगञ्ज - राजेशमान सिंह विरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत पर्सा ले आज वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक ले लिखत सम्बन्धी कसुरअन्तर्गत पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन्। उनका अनुसार मेयर सिंहविरुद्ध चार वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये लिखत सम्बन्धी…