काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा यतिवेला देशव्यापी दौडाहमा छन् । उनी हिजो मधेश प्रदेशको राजधानी जनकपुर पुगेका थिए । तर, उनी जनकपुर विमानसथलमा नभई बाराको सिमरा एयरपोर्टमा झरेका थिए । पार्टीका सहमहामन्त्री महेन्द्र यादवका छोरा र मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवकी छोरीको विवाह समारोहमा सरिक हुन कांग्रेस नेताहरु यतिवेला मधेशमा छन्…