काठमाडौं– गृह मन्त्रालय अन्तरगतका निकायहरुका सेवालाई प्रभावकारी बनाउन गठन गरिएको अध्ययन समिति तथा बिषयगत उपसमितिलाई कार्यादेश दिइएको छ । मन्त्रालयलाई सुझाव सहितको प्रतिवेदन तयार गर्ने उद्देश्यकले २०८० कात्तिकमा गठन गरेकाे समितिलाई कार्यादेश प्रदान गरेको हो । कार्यादेशमा विद्यमान समस्याहरुको पहिचान गरी मन्त्रालयको कार्यसम्पादन क्षमता बढाउन तथा मन्त्रालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनका विभिन्न विषयमा…