६ भदौ, काठमाडौं बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई निम्ताएको छ । भैंसी नियन्त्रणमा लिन नसकेपछि महानगरपालिका र प्रहरी टोलीले वन कार्यालयमा खबर गरेको हो । डिभिजन वन कार्यालयका वन अपराध नियन्त्रण इकाइ अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिने तयारी भइरहेको छ ।…