एसईईको उत्तरपुस्तिका केन्द्रमा आइपुग्यो

एसईईका सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका जम्मा भइसकेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका मंगलबार मात्रै एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएकोले नतिजा प्रकाशनमा केही ढिलाई हुनसक्ने परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए । उनले भने, ‘अहिले धमाधम इन्ट्रीको काम भईरहेको छ । आज मात्रै उत्तरपुस्तिका आईपुगेकाले नतिजामा ढिलाई हुनसक्छ ।’…