सर्लाहीबाट आएका डेढ दर्जन उखु कृषकहरु चार दिनदेखी माइतीघर मण्डला परिसरमा आन्दोलरत छन् । तीन वर्ष देखिको उखुको पैसा नपाएको आन्दोलित कृषकले बताएका छन् । उद्योगीको कार्यालयमा ताला लगाएर भए पनि सरकारले बक्यौता उठाइदिनुपर्ने माग कृषकको छ । परिवार चलाउन उखु खेतिमा लागेका किसान सोही खेतीकै कारण ऋणको भुमरीमा परेको बताउँछन् । साहूसँग ऋण गरेर…