हर्क साम्पाङलाई मञ्जु भण्डारीको चेतावनी – साइबर अपराधमा मुद्दा चलाउनु नपरोस्

बराह सहकारी पीडितहरुलाई लिएर विवाद बढिरहेका बेला नेकपा एमालेकी नेतृ मञ्जु भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई साइबर अपराधको मुद्दा चलाउने चेतावनी दिएकी छन्। बराह सहकारीपीडितको नाममा आफ्नो कार्यकक्षमा तोडफोड गरेपछि मेयर साम्पाङले यसमा भण्डारीसहित एमाले नेता कार्यकर्तातर्फ औँला ठड्याएका थिए। यसलाई लिएर मेयर साम्पाङमाथि भण्डारीले आफ्नो फोटोसमेत दुरुपयोग गरी हुँदै नभएको कुराको आरोप लगाएको दाबी…