बुधबार राति कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर राति साढे १२ बजेतिर अन्डरपासमा ठोकिएका हुन्। टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९…