प्रदेश नम्बर ६ को मुटुमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगरमा टिपरले किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरले किच्दा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिपरले सिंहलाई किचेर अन्दाजी…