साउन महिनाको चौथो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा ठूलो घुइँचो

काठमाडौं । साउन महिनाको चौथो सोमबारको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। धार्मिक आस्थाअनुसार भगवान शिवको विशेष पूजा गर्ने दिन मानिने सोमबार बिहानैदेखि श्रद्धालुहरू पूजाआजा र दर्शनका लागि मन्दिर पुगेका हुन्। पशुपत क्षेत्रमा बिहानैदेखि लामो लाइन लागेका छन् भने अन्य शिवालयहरूमा पनि पूजाआजामा सहभागी हुनेहरूको भीड देखिएको छ। भक्तजनले दुग्धाभिषेक,…