काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन गुरुङले बिचौलियाको भूमिकामा निभाउनुका साथै उक्त क्षेत्रफल बराबरको जग्गा हडपेको खुलेको सीआइबी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन्। ‘मीनबहादुरले २९ रोपनी जागा हडपेको खुल्छ,’ बज्राचार्यले भनिन्। गुरुङमाथि मुलुकी
वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । ईमान्दारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेशसलाई भत्काउँदै थप लगानि गरि विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ ।
काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित आजदेखि पाँचदिनसम्म चीनको सिचुवान प्रान्तको भ्रमणमा रहनुहुनेछ। राती ११: २० को उडानमार्फत छेन्दु अन्तराष्ट्रिय विमानस्थमा अवतरण भई बुधबार उहाँ ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुनुहुनेछ। उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ
काठमाडौं,१२ असार । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र
काठमाडौं, १२ असार । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टरको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। उनले उक्त काउन्टरको अवलोकन गर्नुका साथै त्यहाँबाट प्रवाह हुने सेवाबारे जानकारी समेत लिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बैंकसँगको सञ्जालमा जोडिएपछि बिना
काठमाडौं,१२ असार । नेपालले साफ च्याम्पियनसिपको अन्तिम खेलमा पाकिस्तानविरुद्ध १-० को जित निकालेको छ । बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा नेपालका आशिष चौधरीले अेलको ७९औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । चौधरीले लोकेन लिम्बूको पासमा गोल गरेका थिए । उनको यो डेब्यू गोलसमेत हो । समूह चरणबाट बाहिरिसकेको नेपाललाई
काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनलाई लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। मङ्गलबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनसँग लिखित जवाफ मागे गरेको हो। बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो।
आशिष चौधरीको गोलमा नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अग्रता बनाएको छ। खेलको ७९औं मिनेटमा र्चौधरीले गोल गर्दै नेपाललाई एक शून्यको अग्रता दिलाएका हुन् ।उनले लाकेन लिम्बुको पासमा गोल गरेका थिए। राष्ट्रिय टोलीमा आशिाषको यो डेब्यू गोल हो।
काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरिएको छ। मङ्गलबार शाहलाई सीआईबीले धुम्बाराहीस्थित् घरबाटै पक्राउ गरेको हो। शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रहेका थिए। योसंगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ। सिआइबीले आज बिहान भाटभटेनीका सञ्चालक
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएकोमा भर्खरै सुनुवाई सुरु भएको हो । गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको