चुनावपछि बागमतीमा ‘उज्यालो नेपाल’को सरकार बनाउने कुलमानको दाबी

मकवानपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार हेटौँडामा आयोजित पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै घिसिङले बागमतीमा सरकार गठनका लागि आधार तयार भइसकेको दाबी गरे। बागमतीबाट सुरु गर्दै संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यसहित पार्टी अघि बढेको उनको भनाइ छ। घिसिङले…