काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। कांग्रेस निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण तथा मनोनयन दर्ताको प्रक्रिया अघि बढाएको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार दिउँसो…