काठमाडौँ । सरकारले संघीय संसद्मा दर्ता गराएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा रहेको ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’सम्बन्धी प्रावधानलाई लिएर बहस सुरु भएको छ। सरकारले बिहीबार दर्ता गराएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा रहेका विभिन्न व्यवस्थामध्ये ३०/५५ को प्रावधानलाई लिएर सरोकारवालाले प्रश्न उठाएका…