काठमाडौँ । पशुपतिनाथ मन्दिरको मुख्य मन्दिरभित्र प्रवेश गरी टिकटक बनाएको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ३१ वर्षीय आसिम अन्सारी र उनकी ३१ वर्षीया पत्नी प्रियंका परियार रहेका छन्। उनीहरूलाई सुनसरी प्रहरीले इटहरी–८ स्थित रङ्गशालाबाट पक्राउ गरेको हो। प्रहरी वृत्त गौशालाको पत्रका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको…