काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो। प्रसाईंका तर्फबाट उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरो, भोटाहिटीलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। प्रसाईंले…