काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रसाईको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको छ। प्रसाईको हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौंलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रास्वपा सांसद रचना खड्काले दिएको जाहेरीका आधारमा साइबर ब्यूरोले…