बालेनले गरे सांसदको घरबाट बालिकाको उद्दार, प्रहरी परिसर टेकुमा उजुरी दर्ता

काठमाडौं– काठमाडौं महानगरको टोलीले गणतन्त्र दिवसको दिन उद्दार गरेको बालिका लुम्बिनीको प्रदेशसभा सांसदको घरमा बाल श्रमिकको रुपमा रहेको खुलेको छ । लुम्बिनी प्रदेशसभाकी सांसद रेखा कुमारी शर्माको धुम्बाराहिस्थित घरबाट विशेष सूचनाको आधारमा १४ वर्षीय बालिकाको उद्दार गरेको महानगरपालिकाले जनाएको छ । धुम्बाराहिबाट १४ बर्षे बालिकालाई दुर्व्यवहार र बाल श्रम शोषणमा परेको अवस्थामा महानगरपालिकाले उद्दार गरेको…