मन्त्री पोखरेलको दाबी : शिक्षा सुधार अभियानविरुद्ध नियोजित भ्रम फैलाइयो

काठमाडौं - शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा सुधारका लागि सञ्चालन गरिएको अभियानलाई प्रभावित पार्न केही व्यक्तिले नियोजित रूपमा भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । मधेस प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन गरिरहेका बेला सिरहा र सप्तरीमा दुई व्यक्तिले कार्यक्रमस्थलमा आएर अवरोध सिर्जना गरेको मन्त्री पोखरेलले बताएका…