पाराग्वेको ऐतिहासिक जित, चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको फिफा विश्वकप २०२६ यात्रा अन्तिम ३२ बाटै समाप्त भएको छ। अमेरिकाको बोस्टनमा आज बिहान सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले पेनाल्टी सुटआउटमा ४–३ ले जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट…