काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगरले फुटबल करियर टुंग्याउने घोषणा गरेका छन्। २८ वर्षीय विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो फुटबल यात्रा यहीँ टुंग्याएको जानकारी दिएका हुन्। बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको स्मरण गर्दै विमलले आफ्नो खेल जीवन लामो र चुनौतीपूर्ण रहेको बताएका छन्। फुटबलमा बिताएको…