मन्दिरमा मृत अवस्थामा फेला परेका व्यक्ति धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह

धनुषा । धनुषा प्रहरीले सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित हनुमान मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्तिको घटनाबारे अनुसन्धान तीव्र बनाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १५ गते राति मन्दिर परिसरमा मृत भेटिएका करिब ४० वर्षीय बन्ठु राउत गडेरी उक्त मन्दिरका पुजारी नभई केही समयदेखि त्यहाँ बस्दै आएका व्यक्ति रहेको…