अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को पहिलो गीत ‘फसायो लमीले’ सार्वजनिक भएको छ। शनिबार रिलिज भएको गीतमा वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको छ। भिडियोमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी, प्रदीप लामासहितका कलाकारहरू देखिएका छन्। विवाहको पृष्ठभूमिमा तयार गीत रमाइलो शैलीको रहेको छ। गीतको शब्द र संगीत रमेश परियारले…