कांग्रेस बागमतीमा ट्विस्ट, दुई सांसदले लामाविरुद्धको हस्ताक्षर फिर्ता लिए

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई सांसदले दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको हस्ताक्षर फिर्ता लिएका छन् । कांग्रेस प्रदेश सांसदद्वय मिना पराजुली र माया श्रेष्ठले विज्ञप्ति जारी गर्दै दलका नेता लामाविरुद्धको अविश्वास प्रस्तावका विषयमा कुनै जानकारी नै नगराई आफूहरूलाई हस्ताक्षर गराइएकोले त्यसमा आफूहरूको असहमति रहेको उल्लेख गरेका छन् । उनीहरूले उक्त प्रक्रियामा आफूहरू…