धनकुटा— धनकुटा नगरपालिका–१ सुकेपोखरीनजिक यात्रुबाहक बस र दुध बोक्ने टयांकर एकापसमा ठोक्किँदा १२ यात्रु घाइते भएका छन् । धरानबाट संखुवासभाको धर्मदेवी नगरपालिकाको आँखीभुईंतर्फ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र विपरीत दिशाबाट धनकुटातर्फ आउँदै गरेको को १ च १५३१ नम्बरको दुध बोक्ने ट्यांकर एकापसमा बिहान करिब पौने १२ बजे ठोक्किएर दुर्घटना भएको हो…