आन्दोलनका क्रममा पसल लुट्ने हालसम्म ४ जना पक्राउ

सोमबार राजधानीको बालाजु क्षेत्रमा भएको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ । यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले घटनामा संलग्न संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्कृनिङ गर्ने काम भइरहेको बताएका…