भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित पुगेको छन् । यो संख्या दैनिकी संक्रमित मध्ये सबैभन्दा धेरै हो ।केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ…