बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं– नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको हो। बालमन्दिरलाई हानी पुग्नेगरी जग्गा भाडामा दिएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा लामो समयसम्म व्यापारीलाई सुम्पने…