विश्वकप अघिकाे मैत्रीपूर्ण खेलमा जर्मनी र स्वीट्जरल्याण्ड विजयी

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा गएराति जर्मनी र स्वीट्जरल्याण्डले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । लिभरकसेलको बे एरिनामा भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हरायो । खेलको आठौं मिनेटमै मार्को रिउसको पासमा युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो । ४३ औं मिनेटमा साउदीका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो…