स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखे। यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताए। रोनाल्डो ९९.२ मिलियन पाउन्ड चारवर्षका लागि यूभेन्ट्ससँग अनुबन्धित भएका हुन्।…