काठमाडौं – नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। आजदेखि तेस्रो सातामा लागेको यस चलचित्रले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ। आम नेपालीले भोगिरहेको घरजग्गासम्बन्धी समस्यालाई केन्द्रमा राखेर बनाइएको चलचित्रले दर्शकलाई कथावस्तुबाट छुन सफल भएको निर्देशक दीपेन्द्र के. खनालले बताएका छन्।…